जोडिनुहोस
  • होमपेज
  • शेयर बजार दोहोरो अंकले वृद्धि, तीन अर्ब ८३ करोडको कारोबार

शेयर बजार दोहोरो अंकले वृद्धि, तीन अर्ब ८३ करोडको कारोबार

काठमाडौं । निरन्तर घटिरहेको शेयर बजार साताको पहिलो दिन आज दोहोरो वृद्धि भएको छ ।

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १०.३७ अंकले बढेको हो । ०.४९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २०९४.४६ अंकमा पुगेको छ ।

आज ३०६ कम्पनीका १ करोड ७ लाख ५१ हजार १ सय ६४ कित्ता शेयर किनबेच हूँदा ३ अर्ब ८३ करोड ३७ लाख ७६ हजार ५ सय ८०.७६ रुपियाँ बराबरको कारोबार भएको छ ।

बजार बढेको दिन मिड सोलु हाइड्रो, माथिल्लो मैलुङखोला जलविद्युत्, सामलिङ पावर, हाथवे इन्भेष्टमेन्ट र माउन्टेन हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, १०, ९.९८, ८.७३ र ७.९७ प्रतिशतले नाफा कमाएका छन् ।

त्यस्तै चन्द्रागिरि हिल्सका लगानीकर्ताहरुले सबै भन्दा बढी ९.८६ प्रतिशतले घाटा व्यहोरेका छन् ।

आज पनि हिमालयन रि को उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३३ करोड ५३ लाख ४५ हजार ८ सय ८७.८० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका