जोडिनुहोस
  • होमपेज
  • आज २०८० साल माघ १६ गते मंगलबारको राशिफल

आज २०८० साल माघ १६ गते मंगलबारको राशिफल

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

मेषः दिन राम्रो छ। तपाईंको बोलीको प्रभाव समाजमा पर्ने देखिन्छ। नम्र भएर बोल्दा नाफा हुनेछ। परिवारबाट राम्रो साथ र सहयोग मिल्नेछ।

वृषः दिन राम्रो छ। लगानीबाट उत्साह बढ्नेछ। श्रमको फल प्राप्त गर्न मेहनत गर्नुपर्ने देखिन्छ। सञ्चित धनको खर्च हुनेछ। धन खर्च गर्दा सदुपयोग हुने ठाउँमा लगानी गर्नु राम्रो हुन्छ।

मिथुनः दैनिकी राम्रो छ। वैदेशिक क्षेत्र सबल छ। शिक्षाको क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। स्वास्थ्यमा समस्या हुने भएकाले चिसोबाट बच्नुपर्नै देखिन्छ। परिवारको सहयोग प्राप्त हुनेछ।

कर्कटः समय राम्रो छ। रामको स्मरण मात्र गरेमा शिक्षा र राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने देखिन्छ।

सिंहः दिन राम्रो छ। लगानी गरेका क्षेत्र सबल छन्। शिक्षाको क्षेत्रको लगानीबाट उत्कृष्ट नतिजा मिल्नेछ। परिवारमा झमेला हुने भएकाले मौन भएर त्यसलाई जित्नुपर्ने देखिन्छ।

कन्याः दिन राम्रो छ। उदय भएका चन्द्रमाको साथले हरेक काम सफल हुनेछन्। आफन्तले कुरा काट्ने भएकाले सचेत हुनुपर्छ। रोजगारीको क्षेत्रमा सफलता मिल्नेछ। परिवारको साथ पाइने छ।

तुलाः दिन सामान्य राम्रो छ। गुरुबाट असहयोग हुने भएकाले धेरै चुनौती छन्। न्यायपूर्वक गरेको लगानीबाट सन्तुष्टि मिल्नेछ। आफूभन्दा ठुलाको आज्ञा लिएर काम गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृश्चिकः दैनिकी राम्रो छ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ। काम गर्दै जाँदा विभिन्न खालका चुनौतीको सामना गर्नुपर्ने देखिन्छ। परिवारको भने सहयोग प्राप्त हुनेछ।

धनुः दैनिकी राम्रो छ। हरेक क्षेत्रमा सफलता मिल्नेछ। परोपकारको काम गर्नाले मन खुशी हुनेछ। आँखामा समस्या हुने भएकाले समयमै सचेत हुनुपर्ने देखिन्छ। पारिवारिक र प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मकरः समय राम्रो छ। बलले भन्दा बुद्धिले काम गर्नुपर्ने देखिन्छ। खर्च भएको रकमको सदुपयोग हुनेछ। दुःखीलाई आफ्नै हातले वस्त्र र अन्न प्रदान गरेमा राम्रो हुन्छ।

कुम्भः दिन सामान्य छ। शनिदेवलाई खुशी पार्न शिवको भजन सुन्नु फाइदाजनक हुन्छ। स्वास्थ्य र शिक्षा क्षेत्र सबल छन्। रोजगारीको क्षेत्रमासमेत फाइदा हुनेछ। परिवारको असन्तुष्टि सुन्नुपर्ने छ।

मीनः दिन राम्रो छ। स्वदेशमै रोजगारीको सम्भावना देखिन्छ। आफन्तबाट प्रशंसा हुन्छ। सम्मान प्राप्त हुनसक्छ। दिनमा निन्द्रालाई त्याग गर्नु राम्रो हुन्छ। परिवारको साथ र सहयोग मिल्नेछ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका