Mon Jul 4 2022
देश

बालकुमारीबाट अटोमेटिक पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । ललितपुरको बालकुमारीबाट अटोमेटिक पेस्तोलसहित एकजना पक्राउ परेका छन् ।

केही बेरअघि मेड इन यूएसए लेखिएको अटोमेटिक पेस्तोल, २ राउण्ड गोली र २ थान म्यागेजिनसहित एक युवालाई पक्राउ गरिएको ललितपुर महानगरीय प्रहरी परिसरका एक अधिकारीले बताए ।

पक्राउ परेका व्यक्तिको नाम थर भने प्रहरीले खुलाएको छैन । उनको बारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।