जोडिनुहोस
  • होमपेज
  • भारतीय नौसेनाद्वारा १९ जना पाकिस्तानीको उद्धार

भारतीय नौसेनाद्वारा १९ जना पाकिस्तानीको उद्धार

नयाँदिल्ली । भारतीय नौसेनाको युद्धपोत आइएनएस सुमित्राले सोमालियाको पूर्वी तटबाट जाँदै गरेको इरानी माछा मार्ने जहाज अल नईमीमा समुद्री डकैतीको प्रयासलाई विफल बनाएको छ । साथै सोमबार १९ जना पाकिस्तानी नागरिकलाई सफलतापूर्वक उद्धार गरेको भारतीय नौसेनाले विज्ञप्तिमा जनाएको छ ।

सोमाली समुद्री डाकुहरूबाट इरानी झण्डा बोकेको माछा मार्ने जहाज एफभी इमानलाई बचाई भारतीय नौसेनाले उद्धार गरेको जनाएको छ । सोमालियाको पूर्वी तट र एडनको खाडीमा समुद्री डकैती विरोधी कारबाहीमा १७ जना चालक दलका सदस्यहरू सहभागी थिए ।

भारतीय नौसेनाका अनुसार युद्धपोत आइएनएस सुमित्राले सङ्कटग्रस्त जहाजलाई रोकी माछा मार्ने जहाज पत्ता लगाएको थियो । बन्धक बनाइएका १९ पाकिस्तानी राष्ट्रिय चालक दलका सदस्यहरूलाई उद्धार गरिएको छ ।

युद्धपोतले डुङ्गासहित चालक दलका सदस्यहरूको सुरक्षित रिहाइका लागि समुद्री डाकुहरूलाई बाध्य पारी डुङ्गासहित सबै १९ जनाको रिहाइ गरेको छ ।

आईएनएस सुमित्राले ३६ घण्टाको अथक प्रयासबाट कोचीबाट करिब आठ सय ५० एनएम पश्चिम दक्षिणी अरब सागरमा ३६ चालक दल (१७ इरानी र १९ पाकिस्तानी) सहित दुई अपहरण गरिएका माछा मार्ने जहाजहरू समेत उद्धार गरेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका