Sun Jul 3 2022
देश

विदेश पठाइदिने भन्दै २५ लाख ठगी गर्ने एक जना पक्राउ

काठमाडौं । विदेश पठाई दिन्छु भनि २५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिका–८ बस्ने चितवन भरतपुर महानगरपालिका–९ वसन्त चोक घर भएका २७ वर्षीय सुजनराज पाण्डे रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई मंगलबार काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो ।

पाण्डेले हंगेरीको लागि नक्कली भिषा निकाली पीडितबाट २५ लाख रूपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ ।

टिपिकल क्लोथिङ एण्ड क्राफ्ट स्टोर नामक व्यवसायिक कम्पनी दर्ता गर्न लगाई यूरोपको जुनसुकै देशमा गएर ब्यपार व्यवसाय गर्न मिल्ने भिषा लगाई दिने प्रलोभन पाण्डेले पीडितहरुलाई दिएको भनाई प्रहरीको छ ।