जोडिनुहोस
  • होमपेज
  • शेयर बजार साढे २१ अङ्कले घट्यो, ५ अर्ब २९ करोड रुपैयाँको कारोबार

शेयर बजार साढे २१ अङ्कले घट्यो, ५ अर्ब २९ करोड रुपैयाँको कारोबार

शेयर बजार परिसूचक नेप्से आज २१ दशमलव ६७ अङ्कले घटेर दुई हजार ९७ दशमलव ९३ अङ्कमा झरेको छ । हप्ताको तीन दिन लगातार बढेको शेयर बजार आज चौथो दिन उच्च अङ्कले घटेको हो । आज उत्पादनबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा मेन्छ्याम हाइड्रोसहित चार वटा कम्पनीको शेयर पाँच प्रतिशतभन्दा धेरैले घट्यो । समग्रमा बजार घटे पनि आज साम्लिङ पावर कम्पनी र मन्दाकिनी हाइड्रोको शेयर झन्डै १० प्रतिशतले बढेको छ । आज एक करोड ४७ लाख कित्ता शेयर पाँच अर्ब २९ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै हिमालयन रिइन्सुरेन्सको ६३ करोड रुपैयाँ बराबरको शेयर किनबेच भयो ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?