जोडिनुहोस
  • होमपेज
  • सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा २ भुटानी नागरिकको ज्यान गयो

सिन्धुपाल्चोकमा जीप दुर्घटना हुँदा २ भुटानी नागरिकको ज्यान गयो

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका वडा नम्बर १ मा जीप दुर्घटना हुँदा दुई भुटानी नागरिकको ज्यान गएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् । बा २ च ४४५० नम्बरको जीप दुर्घटना हुँदा भुटानी नागरिक ३३ वर्षीय अब्गे र ७१ वर्षीय वाङ्मोको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक डीएसपी निरञ्जन भट्टराईले जानकारी दिनुभयो । जीपमा पाँच जना भुटानी नागरिक र एक जना नेपाली चालक थिए । गुम्बा जाँदै गरेको जीप सडकबाट तल खसेको हो । घाइतेहरूलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ पठाएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका