जोडिनुहोस
  • होमपेज
  • हेटौँडा कपडा उद्योग फेरि सञ्चालन गर्न सकिने सेनाको निष्कर्ष

हेटौँडा कपडा उद्योग फेरि सञ्चालन गर्न सकिने सेनाको निष्कर्ष

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रुग्ण अवस्थामा रहेको हेटौँडा कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनासँग छलफल गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा उच्चस्तरीय छलफलको आयोजना गरी प्रधानमन्त्री प्रचण्डले कपडा उद्योग पुनः सञ्चालनका लागि नेपाली सेनाले गरेको सम्भाव्यता अध्ययनको जानकारी लिनुभएको हो । नेपाली सेनाले उद्योग पुनः सञ्चालनसम्बन्धी सम्भाव्यता अध्ययन गरेको थियो ।

अध्ययन प्रतिवेदन सेनाले आजै सरकारलाई बुझाएको छ । २०३२ सालमा चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोग र नेपाल सरकारको लगानीमा स्थापना भएको हेटौँडा कपडा उद्योग २०५६ सालदेखि बन्द भएको हो ।

प्रतिवेदनमा उद्योग बन्द हुनुको कारण बजारको कमजोर व्यवस्थापन, प्रविधिको समयअनुसार सुधार हुन नसक्नु, बिजुली अभाव, धेरै जनशक्ति र व्यवस्थापकीय क्षमता कम हुनु रहेको उल्लेख । धेरैजसो कच्चा पदार्थ देशमै हुनु, उद्योगको स्वामित्वमा एक सय ६६ रोपनी जग्गा हुनु, उद्योगको न्यूनतम पूर्वाधार हुनु, स्थानीय उत्पादनको माग बढ्नु लगायतका कारण उद्योग सञ्चालन गर्न सकिने सेनाको प्रतिवेदनमा भनिएको छ ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका