जोडिनुहोस
  • होमपेज
  • लोकतन्त्र समाप्त पार्ने चलखेल भइरहेको छ ओली

लोकतन्त्र समाप्त पार्ने चलखेल भइरहेको छ ओली

नेकपा एमालेका अध्यक्ष कपी शर्मा ओलीले लोकतन्त्र नै समाप्त पार्ने गरी राजनीतिक चलखेल भइरहेको बताएका छन् । सिंहदरबारमा बसेको एमाले संसदीय दलको बैठकमा उनले यस्तो बताएका हुन् । उनले सत्तारुढ नेपाली कांग्रेसका एक जना उच्च पदाधिकारीले नै स्वतन्त्र सांसदलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेको समेत दाबी गरे । उनले भने, ‘देश कहाँ पुगेछ । नेपाली कांग्रेसका एकजना उच्चस्तरीय पदाधिकारीले स्वतन्त्र हैसियतको सांसदलाई प्रधानमन्त्री बनाउनुपर्छ भन्नुभयो ।’ उनले अहिले देशको अवस्था अत्यन्तै खराब भएको भन्दै यसबाट जोगिन सबैलाई अपिल गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका