Tue Jun 28 2022
देश

२ हजार ४११ वटा नमूना परीक्षण गर्दा ६ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ६ जना कोभिड १९ संक्रमित थपिएका छन् । २ हजार ४११ वटा नमूना परीक्षण गर्दा सो संक्रमण पुष्टि भएको हो ।

आज १३ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १०२ पुगेको छ । आज १३ हजार ८२९ जनाले कोभिड १९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।