Wed Jun 29 2022
आर्थिक

३५ अंकले घट्यो सेयर बजार, १ अर्ब ३१ करोड कारोबार

काठमाडौं । आज सेयर बजार ३५.५३ अंकले घटेको छ । १.६३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २१३७.९२ अंकमा आएको हो ।

आज १ अर्ब ३१ करोड ७६ लाख ९९ हजार रुपैयाँको सेयर कारोबार भयो । यस कारोबारमा २ सय २९ वटा कम्पनीको ३७ लाख ६९ हजार ८ सय ३२ कित्ता सेयर खरिदबिक्री भएको छ ।

सबैभन्दा धेरै एनआईसी एशिया बैंकको ५ करोड ३७ लाख ९८ हजार ८ सय बराबरको कारोबार भयो । भने, उपकार लघुवित्तको सेयर मूल्य सबैभन्दा बढी ८.२३ प्रतिशतले बढेको छ ।