Mon Jun 27 2022
अन्तर्राष्ट्रिय

जोकोभिचलाई हराउँदै नाडाल सेमिफाइनलमा

काठमाडौं । स्पेनिस टेनिस स्टार राफायल नाडाल फ्रेन्च ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

पेरिसमा मंगलबार राति विश्व नम्बर एक नोभाक जोकोभिकलाई हराउँदै नाडालले अन्तिम चारमा स्थान बनाएका हुन् ।

कीर्तिमानी २१ ग्रान्डस्लाम विजेता नाडालले सर्बियन जोकोभिचलाई ३-२,४-६,६-२ र ७-६(७-४) को सेटमा हराए ।

क्ले कोर्टका राजा मानिने नाडाल फ्रेन्च ओपनमा कीर्तिमानी विजेता हुन् । नाडालले १३ पटक फ्रेन्च ओपन जितेका छन् ।

अब नाडालले सेमिफाइनलमा एलेक्सजेण्डर ज्वेभरेभसँग खेल्ने छन् । तेस्रो वरीयताका जर्मन ज्वेभरेभले स्पेनका कार्लोसलाई हराएका थिए ।