Sun Jun 26 2022
अन्तर्राष्ट्रिय

स्कटल्याण्डलाई हराउँदै युक्रेन फिफा विश्वकप छनोटको प्ले अफ फाइनलमा

काठमाडौं । युक्रेन फिफा विश्वकप छनोटको प्ले अफ फाइनलमा पुगेको छ ।

बुधबार राति भएको खेलमा स्कटल्याण्डलाई ३-१ गोल अन्तरले हराउँदै युक्रेन प्ले अफ फाइनलमा पुगेको हो ।

अब युक्रेनले प्ले अफ फाइनलमा वेल्सको सामना गर्नेछ । विजेताले कतार विश्वकपमा स्थान बनाउने छन् ।

खेलको ३३ औं मिनेटमा एन्ड्री यार्मोलेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । ४९ औं मिनेटमा रोमन यारेम्चुकले गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

खेलको ७९ औं मिनेटमा कलुम म्याकग्रेगोरले गोल गर्दै स्कटल्याण्डलाई २-१ को स्थितिमा ल्याए ।

Imageतर, खेलको इन्जुरी समयमा आर्टिम डोभयकले गोल गर्दै युक्रेनलाई ३-१ को सहज जित दिलाए ।

 

दुई टोलीबीचको खेल यस अघि नै हुनुपर्ने थियो । तर, रुस र युक्रेनबीचको युद्दको कारण ढिला भएको हो ।

Image