जोडिनुहोस
  • होमपेज
  • के हो ब्रोडक्स ? अनलाईन व्यवसायलाई कसरी सहजीकरण गर्दै छ ?

के हो ब्रोडक्स ? अनलाईन व्यवसायलाई कसरी सहजीकरण गर्दै छ ?

काठमाडौं । ब्रोडक्स नेपालको पहिलो बिजनेस अपरेटिङ सिस्टम हो । ब्रोडक्सले अत्याधुनिक प्रविधिको प्रयोग गरेर वास्तविक—विश्व व्यापार सस्याहरुको समाधान गर्छ । ब्रोडक्सले प्रत्येक व्यवसायलाई शक्तिशाली इकमर्स प्रणाली प्रदान गर्छ । जसमा व्यवसायीहरूलाई अनलाइन र अफलाइन दुवै बजारहरूमा व्यवसाय सञ्चालन गर्न मद्दत गर्छ । ब्रोडक्सले व्यवसायीको बजार सहजीकरण गर्न आवश्यक सबै उपकरण र सुविधाहरू समेत दिने गरेको छ ।

 

ब्रोडक्स शक्तिशाली टेक्नोलोजीको आधारमा बनाइएको वेबसाइट हो । यसले व्यवसायीहरूलाई उनीहरूको व्यवसाय अनुकूल गर्न र उनीहरूको नाफा बढाउन मद्दत गर्न सक्छ । ब्रोडक्सले व्यवसाय सञ्चालन गर्दा आइपर्ने जटिलता र चुनौतीलाई ड्यासबोर्डबाट समाधान गर्छ ।

 

ब्रोडक्सको मुख्य विशेषता भनेको यसले व्यवसायीलाई व्यवसायीक ई—वाणिज्य वेबसाइट दिन्छ । यस्तै विक्रि बिन्दु, सूची व्यवस्थापन र अर्डर व्यवस्थापन गर्न पनि सहयोग गर्छ । जसले ठुलो मात्रमा जनशक्ति राख्दा लाग्ने खर्च घटाउन पनि यसले सहयोग गर्छ । किनकि व्यवसाय सञ्चालन गर्न चाहिने स—साना कुराहरूमा पनि तिनीहरूको व्यवस्थापन ब्रोडक्सले नै गरिदिन्छ । तर व्यवसायमा भएका सामानको आवश्यकता, सामान सकिएको कुरा, थप आवश्यक परेका सामानहरु पहिचान स्वयम ब्रोडक्सले नै गरिदिन्छ ।

 

अनलाइन व्यवसाय गर्नेहरूका लागि ब्रोडक्स निकै लाभदायी वेबसाइट भएको कम्पनीको दाबी छ । ब्रोडक्सकी बजार विक्रेता समिक्षा पाण्डेका अनुसार ब्रोडक्सले बजार व्यवसाय बढाउन आवश्यक सबै उपकरण र सुविधा प्रदान गर्छ । विक्रेता पाण्डे भन्छिन्, “ ब्रोडक्सको माध्यमबाट व्यवसायीलाई ग्राहकसङ पुग्न सहज हुन्छ ।” ब्रोडक्सले व्यवसाय सञ्चालन गर्न विभिन्न योजनाहरू समेत प्रधान गर्ने भएकाले यो अनलाइन व्यवसायको लागि उत्तम भएको पाण्डेको भनाई छ ।

ब्रोडक्सकी बजार विक्रेता समिक्षा पाण्डे 

भुक्तानी कसरी गर्छ ?
नेपालमा उपलब्ध हुने सबै भुक्तानी प्रणाली मार्फत ब्रोडक्सबाट किनबेच भएका सामानहरुको भुक्तानी गर्छ सकिन्छ । ई—सेवा, खल्ती, फोन—पे बाट सहजै भुक्तानीको कारोबार गर्न सकिन्छ । यस्तै ब्रोडक्स—पे नामक भुक्तानी प्रणालीलाई पनि विकल्पका रूपमा राखिएको छ । यस्तै }  paypal, stripe, rozarpay जस्ता केही अन्तराष्ट्रिय भुक्तानी गेटवेहरुबाट समेत भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।

ब्रोडक्समा व्यवसायहरूले आफ्नो अनलाइन ब्रान्ड उपस्थित कायम राख्न र बढाउनको लागि आफ्नो व्यक्तिगत कस्टम, डोमेन, सहजै जडान गर्न सक्छन् । अनलाइन व्यवसाय सफलताको लागि मार्केटिङलाई निकै महत्त्वपूर्ण मानिन्छ । त्यसैले व्यवसायीहरूलाई मद्दत गर्न ब्रोडक्सले ड्यासबोर्डमा विभिन्न मार्केटिङ उपकरणहरू प्रदान गर्छ । ब्रोडक्स मार्फत व्यवसाय सञ्चालन गर्नको लागि गुगलमा www.brodox.com टाइप गरेर सहजै गर्न सकिने कम्पनीले जनाएको छ ।

 

 

 

 

 

 

 

 

 

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका