जोडिनुहोस
  • होमपेज
  • नागरिकको गुनासो बढ्यो ; महामन्त्री थापा

नागरिकको गुनासो बढ्यो ; महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम नागरिकमा सरकारप्रति धेरै गुनासो रहेको बताएका छन् । पत्रकारसँग कुराकानी गर्दै उनले संवाद यात्राका क्रममा आफूले प्रत्यक्ष रुपमा नागरिकका गुनासा सुन्ने अवसर पाएको बताए ।

उनले भने, ‘सुशासन, सेवा प्रवाहको सन्दर्भमा संविधान निर्माण लगायतका महत्वपूर्ण कुरा टुङ्गीसकेपछि महसुस गर्ने खालको परिवर्तन हुन्छ भन्ने लागेको हो त्यो प्राप्त गर्न नसकेकोमा जनताको गुनासो छ ।’

आम नागरिकका साना–साना मागसमेत पूरा हुन नसकेको जनगुनासो आफूले पाएको उनले बताए । महामन्त्री थापाले थपे ‘जुन कुरा सरकारले गर्न सक्ने कुरा छन् । सामान्य हिसाबले गर्न सकिने कुरा पनि नगरेको देख्दा त्यसबाट नैराश्यता सिर्जना भएको छ ।’

स्रोत साधनको अभावले गर्दा गर्न नसकेको ठूला कुरा स्वाभाविक भएको भन्दै उनले अहिले सबै खालको अनुकूलता भएको समयमा गर्न सकिने काम पनि नभएकामा नागरिकले गुनासो गरेको उनले सुनाए ।

पूर्वाधार बनिसकेपछि लाभ लिने कुरामा हामी सबै चुकेको अनुभूति भएको उनको भनाइ थियो । उनले भन ‘पूर्वाधार बनेको तर समयमा पूरा गर्न नसक्दा सिङ्गो नेपालभरिको ठेक्का प्रणालीको समस्या हुलाकी राजमार्गमा देखियो । यस कारणले गर्दा लगानी भएपनि लाभ लिन नसकेको देखिन्छ ।’

देशभरका महासमिति सदस्य केही अनुभव बोकेर काठमाडौँ आउँदा महासमितिको बैठकमा यी विषयमा छलफल हुने महामन्त्री थापाले बताए । निर्वाचन पछि गठबन्धन गर्दा राम्रो हुने भन्दै उनले निर्वाचन अघिको गठबन्धन उपयुक्त नहुने देखिएको टिप्पणी गरे ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका