Sun Jun 26 2022
मुख्य खबर

महामन्त्री शर्मा भन्छन् – ‘स्थानीय तहको गठबन्धनबीचको चुनावी तालमेलमा आशंका नगरौ’

नेपाली कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले स्थानीय तहको गठबन्धनबीचको चुनावी तालमेलमा आशंका नगर्न आग्रह गरेका छन् । भक्तपुरमा स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट विजयीलाई बधाई तथा सम्मान कार्यक्रममा शर्माले यस्तो आग्रह गरेका हुन् ।

उनले कांग्रेस, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेलकै कारण केही सिटमा जित हासिल गरेको पनि उनले तर्क गरेका छन् ।

सबै स्थानीय तहमध्ये केहीमा मात्र तालमेल भएको भन्दै तालमेलमा हल्ला धेरै भएको शर्माको जिकिर छ । उनले स्थानीय तहमा प्रभावकारी रुपमा काम गर्न जनप्रतिनिधिलाई सुझाव दिएका छन् ।

मुलुकको विकासका लागि स्थानीय तहको भूमिका महत्वपूर्ण हुने भएकाले पाँच वर्षको कार्यकालको सही सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।