Sun Jun 26 2022
देश

मकवानपुरमा चट्याङ्ग लागेर एक जनाको ज्यान गयो

मकवानपुरको मनहरी गाउँपालिका–६ हिलेदमारमा चट्याङ्ग लागेर एक जनाको ज्यान गएको छ । चट्याङ्ग लागेर ३७ वर्षीया जमुनामाया मोक्तानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

प्रनाउ कार्कीका अनुसार हिजो बेलुका चट्याङ्ग लागेर मोक्तानको घटनास्थलमै ज्यान गएको हो । उहाँको शव परीक्षणका लागि हेटौँडा अस्पतालमा राखिएको जनाइएको छ ।