जोडिनुहोस
  • होमपेज
  • प्रजातन्त्र दिवसको समारोहमा समाचार संकलनमा पत्रकारहरुलाई रोक लगाएपछि क्यामेरा डाउन

प्रजातन्त्र दिवसको समारोहमा समाचार संकलनमा पत्रकारहरुलाई रोक लगाएपछि क्यामेरा डाउन

काठमाडौं । सैनिक मञ्च टुँडिखेलमा प्रजातन्त्र दिवसको अवसरमा आयोजित कार्यक्रममा समाचार संकलनका लागि पुगेका पत्रकारहरुलाई रोक लगाइएको छ ।

गृह मन्त्रालयले आयोजना गरेको दिवसको मूल समारोहमा सूचना विभागको पास देखाउँदा समेत सैनिकहरूले गेटमै रोकेका हुन् । विभागको पासका आधारमा प्रवेश नदिइने र समाचार संकलनका लागि विशेष प्रवेश पास लिनुपर्ने भन्दै प्रवेशमा रोक लगाइएको पत्रकारहरूले गुनासो गरेका छन् । लोकतन्त्र दिवसका दिन सैनिकले अलोकतान्त्रिक व्यवहारको प्रदर्शन गरेका छन् । यस्तो गर्नु पत्रकारमाथि संचारकर्मीमाथि भेदभाव गर्नु हो । पत्रकार स्वतन्त्रताको अधिकार लिएर समाचार संकलनका लागि आधिकारिक संस्थाबाट गएका हुन्छन् ।

पत्रकारलाई सैनिकले रोक लगाएपछि उनीहरुले गेटमा नै क्यामेरा डाउन गरेका छन् । । यसअघि सूचना विभागको पास देखाएर प्रवेश गर्दै आएका पत्रकारहरूलाई यसपालि विशेष पास देखाउन भन्दै सैनिकहरूले गेटमै रोकेका हुन् । अहिले सैनिक मञ्च टुँडिखेलमा ७४ औं प्रजातन्त्र दिवस समारोह भइरहेको छ । सैनिक मञ्चमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत मन्त्रीहरू र उच्च पदस्थ अधिकारी उपस्थित छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका