Sat Jun 25 2022
मनोरञ्जन

५८ लागे अभिनेता राजेश हमाल

नेपाली फिल्म क्षेत्रका अभिनेता राजेश हमाल ५८ वर्षमा लागेका छन् ।

दर्शकले महानायकको ट्याग दिएका अभिनेता राजेश हमाल आज जन्मोत्सव मनाउँदैछन् ।
उनलाई सामाजिक सञ्जालमा फ्यान देखि दर्शकसम्मले शुभकामना दिइरहेका छन् । उमेरलाई अंकको रुपमा मात्र बुझ्न आग्रह गर्ने हमालको जन्म २०२१ साल जेठ २६ गते भएको हो ।

आफूलाई सँधै युवा भन्न रुचाउने हमालले २०४६ सालमा अभिनेताको रुपमा डेब्यु गरेका थिए । त्यस अगाडि उनको पहिचान मोडलको रुपमा स्थापित थियो । उनले साइनोमा आफ्नै मामा पर्ने दीपक रायमाझीको फिल्म ‘युग देखि युगसम्म’ मार्फत २०४६ सालमा डेब्यु गरेका हुन् ।