Sat Jun 25 2022
Breaking News

अव्यवस्थित विद्युतिय तारले कुरुप बन्यो काठमाडौं

मेनुका लम्साल- काठमाडमौं देशको राजधानी मात्र होइन सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले भरिपूर्ण देशकै ठुलो शहर हो । यस शहरका हरेक कुना कुनामा विकास पुगेको छ । तर जति सभ्य र भव्य देखिन्छ काठमाडौं, यसलाई हरेक विजुलीका पोलमा थुप्रिएका अव्यवस्थित तारको झुप्पोले कुरुप बनाएको छ ।

यत्रतत्र लत्रेका तारले काठमाडौंको सुन्दरतालाई नै गिज्याई रहेको छ ।
काठमाडौंका बिजुलीको पोलमा तारहरु अस्तव्यस्त हुँदा महानगर दिनानुदिन कुरुप बन्दै गएको छ ।

टेलिफोन, बिजुली र इन्टरनेटको सेवाका लागि टागिएका तारले शहर कुरुप र बिजुलीका पोल अव्यवस्थीत मात्र भएको छैन कुनै पनि बेला हुन सक्ने दुर्घटना समेत नित्याएको छ ।

विद्युतीय तार भूमिगत गर्न सडक विभागले २०७६ माघमा प्राधिकरणलाई सडक खन्ने अुनमति दिएको भए पनि हालसम्म सो योजना अन्यौलमा छ ।

यो बिचमा न त प्राधिकरणले भनेजती तार भूमिगत गर्न सक्यो न त अन्य निकायले प्राधिकरणलाई समन्वयन नै गरे । प्राधिकरणले भने रत्नपार्क वितरण केन्द्र र महाराज वितरण केन्द्र अन्तर्गतका कार्यहरुका कारणले पनि तार भूमिगत हुन नपाएको र यो काम सकिने बित्तिकै तारहरु व्यवस्थित हुने जनाएको छ ।

शहरमा देखिएका कुरुप तार, भुमिगत बनाउन कामहरु भइरहेको प्राधिकरणको दाबी छ । अबको १५ महिनामा तार भूमिगतको काम सकेर काठमाडौंलाई सुन्दर बनाउने प्राधिकरणको योजना छ ।

प्राधिकरणले हाल रत्नपार्क, बागबजार, पुतलीसडक, न्यूरोड, अनामनगर, जमल, लैनचौर, ठमेल, नक्साल, सोह्रखुट्टेमा तार भूमिगत गरिसकेको छ ।

त्यस्तै त्रिपुरेश्वर, टेकु, थापाथली, माइतीघर, सिंहदरबार, लाजिम्पाट, गौशाला, एयरपोर्ट, बानेश्वर, चाबहिल, बौद्ध, जोरपाटी लगायतका स्थानमा भुमिगत तार जडान गरिएको प्राधिकरणले जनाएको छ ।