Sun Jun 26 2022
मुख्य खबर

१७ अंकले घट्यो नेप्से

बुधवार ६० अंक भन्दा बढी अंकले बढेको शेयर बजार आज भने गिरावट आएको छ ।

आज नेप्से सूचक १७.६४ अंकले घटेर २०६२.८० बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.०१ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.०६ अंक र सेन्सेटिभ इण्डेक्स १.०७ अंकले घटेको छ ।

आज कारोबारमा आएका २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । बुधवारको तुलनामा आज कारोबार रकममा गिरावट आएको छ ।

बुधवार १ अर्ब ६४ करोड ३ लाख ५६ हजार रुपैयाँ बराबरको खरिद बिक्री भएको थियो । आज कारोबारमा आएका १३ वटै उपसमूह मध्ये १२ उपसमूहको परिसूचक नकारात्मक देखिएको छ, भने एक उपसमूहको सूचक सामान्य अंकले बढेको छ ।

जसमा विकास बैंक र फाइनान्स उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ । भने व्यापार तथा प्रशोधन उपसमूहको परिसूचक ०.१२ प्रतिशतले बढेको छ ।