Tue Jun 28 2022
देश

असार १७ र १८ गते स्वतन्त्र उम्मेदवारी दिएकाहरुको भेला हुने

काठमाडौं संघ र प्रदेश निर्वाचनमा देशभर उम्मेदवार उठाउने विषयमा छलफल गर्नका लागि स्वतन्त्र व्यक्तिहरुको भेला डाकिएको छ । स्वतन्त्र उम्मेदवारहरुको पहिलो राष्ट्रिय भेला असार १७ र १८ गते काठमाडौंमा बोलाइएको छ ।

भेलामा सहभागी हुन र आर्थिक सहयोग गर्न छुट्टाछुट्टै क्युआर कोडको व्यवस्था गरिएको छ । भेलामा सहभागी हुनका लागि क्यु आर कोड मार्फत नाम दर्ता गर्नुपर्नेछ । सहभागी हुनको लागि एक हजार ५०० शुल्क तोकिएको छ । दुई दिनको खानाको लागि शुल्क तोकिएको भेलाका अगुवा डम्बर साहुले जानकारी दिए ।

यस भेलाप्रति स्वतन्त्र उम्मेदवारी दिएकाहरुको नै एकमत छैन । सामूहिक छलफल नगरि कुनै एक व्यक्तिले भेला बोलाउनुको अर्थ नहुने असन्तुष्ट पक्षको भनाई छ । तर भेलामा देशभरबाट २ हजार बढी सहभागी हुने साहुको दाबी छ ।