Wed Jun 29 2022
देश

माध्यामिक तहको विषयगत परीक्षा केन्द्र तोकियो

शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी, शिक्षक पदको खुल्ला तर्फको विषयगत परीक्षाको परीक्षा केन्द्र सार्वजनिक गरेको छ । आयोगले गत चैत १५ गते माध्यामिक तहको १ हजार ५५२ रिक्त दरबन्दी पूर्तिका लागि सामान्य विषयको परीक्षा सञ्चालन गरेको थियो ।

उक्त परीक्षामा सहभागी ३२ हजार ९७ जना सहभागी मध्ये ३ हजार ८८६ जना परीक्षार्थाी उत्तीर्ण भएका छन् । आयोगको अनुसार विषयगत परीक्षा असार ९ गते बिहान ८ बजेदेखि विभिन्न परीक्षा केन्द्रमा सञ्चालन हुनेछ ।