Sun Jun 26 2022
मुख्य खबर

सामाजिक सञ्जाल मार्फत चरित्र हत्या गर्ने दुई जना पक्राउ

सामाजिक सञ्जालमा नाबालिका र महिलाको भिडियोरतस्वीर सम्प्रेषण गरी चरित्र हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–६ चोच्छे बस्ने २० वर्षीय बिकेश सोजुँ र खोटाङ ऐसेलुखर्क गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौं महानगरपालिका–१६ बालाजु बस्ने २० वर्षीया भोजकुमारी दाहाल रहेकी छन् ।

अश्लील भिडियो बनाई पीडित नाबालिकाको आफन्त तथा साथीभाइलाई सामाजिक सञ्जालमा पठाई चरित्र हत्या गरेको आरोपमा विकेशलाई धुलिखेल नगरपालिका–६ बाट बिहीबार र महिलाको तस्वीर दुरुपयोग गरी चरित्र हत्या गरेको आरोपमा भोज कुमारीलाई आज प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरूमाथि काठमाडौं जिल्ला अदालतबाट ५ दिन म्याद थप अनुमति लिई अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।