जोडिनुहोस
  • होमपेज
  • रसुवामा खुल्ला जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने

रसुवामा खुल्ला जिल्ला स्तरीय भलिबल प्रतियोगिता हुने

रसुवामा प्रथम रसुवा नेकोस कप खुल्ला जिल्ला स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।  ग्याल्बो ल्होसारको अवसरमा साँस्कृतिक कार्यक्रमसहित जिल्ला स्तरीय भलिबल प्रतियोगिता गरिने नेपाल खेलकुद महासंघ रसुवाले जनाएको छ । प्रतियोगिता आगामी फाुगन २५ गतेदेखि सुरु हुँदैछ । प्रतियोगिता स्थानीय कालिका हिमालय माबिको खेल मैदानमा हुनेछ । प्रतियोगितामा प्रथम हुनेलाई रू ७७ हजार ७ सय ७७, द्वितीय हुनेलाई रु ४४ हजार ४ सय ४४, र तृतीय हुनेलाई रु २२ हजार २ सय २२ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । त्यस्तै खेलमा अनुशासित खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट लिफ्टर, र उत्कृष्ट कोचहरुलाई पनि ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले बताएको छ । क्वार्टर फाइनलदेखि म्याच अफ दी म्याचलाई पनि ट्रफी प्रदान गरिने छ । टीम दर्ता फागुन २३ गतेसम्म खुल्ला गरिएको छ । खेल अवधिभरका लागि खेलाडीको बीमा पनि गरिने नेपाल खेलकुद महासंघ रसुवाका अध्यक्ष बिराज तामाङले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका