Tue Jun 28 2022
मुख्य खबर

अनियमित विद्युत कटौतीको विरुद्धमा सर्लाहीबासी आन्दोलित

 शंखर पहाडी-  सर्लाहीमा अनियमित विद्युत कटौतीको विरुद्धमा स्थानीयबासी आन्दोलित भएका छन् । जिल्लामै सव स्टेशन निर्माण तथा सञ्चालनरत अवस्थामा भएपनि अनियमित रुपमा विद्युत कटौती कायमै रहेको भन्दै स्थानीयबासी आन्दोलित भएका हुन ।

आफुहरुले नियमित शुल्क तिरेको भएपनि विद्युत अनियमित रुपमा कटौती भएको स्थानीयको गुनासो छ ।

आफुहरुले तिरेको करबाट पालिएका कर्मचारीहरुले आफुहरुलाई फरक व्यवहार गरेको र अनियमित रुपमा विद्युत कटौती गर्दा आफुहरु मारमा परेको स्थानीयको दुखेसो छ । अन्यन्त्र कुनैपनि अवस्थामा विद्युत कटौती नहुने तर सर्लाहीमा पटकपटक भएपछि आन्दोलनमा उत्रन बाध्य भएको स्थानीयले बताएका छन् ।

विगत करिब ३ दिनदेखि सो क्षेत्रमा विद्युत अवरुद्ध भएको भन्दै स्थानीय आन्दोलनमा उत्रिको भएपनि विद्युत प्राधिकरण प्राविधिक देखाएको छ । पावर ट्रान्सफर्मरमा प्राविधिक समस्या देखिएको र मर्मत संम्बारको काम भई रहेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र मलंगवाका प्रमुख विनोद कुमार यादवले बताए ।

सर्लाहीको नगलपुर मलंगवा सडक खण्ड अन्र्तगत कविलासी नगरपालिका ७ स्थित शिरशियामा स्थानीयले अनियमित विद्युत कटौतीका विरुद्ध गरेको शान्तीपुर्ण आन्दोलनमा मधेश प्रदेश सरकारका भौतिक पुर्वाधार विकास मन्त्री राम सरोज यादव पनि करिब ३ घण्टा घेरिका थिए ।

मन्त्री रायले प्रयोग गर्ने ज १ झ ४३४ नम्बरको सरकारी सवारी साधनलाई घेरी स्थानियले आफुहरुको माग पुरा हुनु पर्ने बताएका छन् । सर्लाहीमा अहिले १३२/३३ केभिएको सव स्टेशन सञ्चालनमा आई सकेको भएपनि अनियमित रुपमा हरेक साँझ विद्युत सेवा अवरुद्ध हुँदा गर्मि याममा सर्लाहीबासी मारमा परेका छन् ।