Sun Jun 26 2022
Breaking News

हप्तैपिच्छे पेट्रोलको मूल्यवृद्धिले जनता आजित

प्रिन्स मिश्र-  नेपाल आयल निगम लिमिटेडले विहीबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ । पेट्रोलियम पदार्थमा मूल्यवृद्धि भएसँगै पेट्रोलको विक्री दर ८ ले वृद्धि भएर प्रति लिटर रु १७८ पुगेको छ भने डिजेल र मट्तिेलको मूल्यमा रु १२ को वृद्धिले प्रति लिटर १६५ रुपैया कायम गरिएको छ ।

बिहीबार मध्यरात गरिएको मूल्य समायोजन जेठ महिना भित्र भएको तेस्रो पटकको मूल्य समायोजन हो । निगमले पटक पटक पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै चर्को आलोचना भएपछि पछिल्लो पटक निगमले प्रति लिटर १० रुपैयाँको दरले मूल्य घटाएको थियो । तर ६ दिन पनि वित्नै नपाई निगमले भारी घाटा, अन्तराष्ट्रिय बजारमा उच्च दर र निगमले इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी गर्न नसकेको रकमको बढ्दो चापलाई कारण देखाउँदै विहीबार मध्यरातदेखि लागु हुनेगरी पेट्रोलियमको मूल्यमा पुनः वृद्धि गरेको हो ।

यसरी सातादिन पनि नबित्दै हुने गरेको मूल्यवृद्धिले गर्दा सर्वसाधारण मर्कामा पर्ने मात्रै हैन आजित नै बनेका छन् । पेट्रोलिय पदार्थमा यसरी पटक पटक मूल्य वृद्धि हुँदा जनतामा समेत आखिर किन हुन्छ त बारम्बार को मूल्यवृद्धि अनि कसरी निधारण हुन्छ पेट्रोलियम् पदार्थको मूल्य भन्ने प्रश्न खडा भएका छ ।

यसबारे बुझन हामी आयल निगमको केन्द्रीय कार्यालय पुग्यौं । आपूmहरुले इण्डियन आयाल कर्पोरेशनबाट खरिद गरेको मूल्य, भन्सार बिन्दुको खर्च, ढुवानी भाडा र विक्रेताको कमिशनलगायतका विविध खर्चको संकलित रकमका आधारमा मूल्य तय गर्ने गरेको निगमको भनाई यस्तो छ ।

पेट्रोलियमा निधारण गर्ने मूल्यलाई अझ प्रस्ट हुने गरि केलाउने हो भने तपाईलाई अचम्म लाग्न सक्छ । आजको मितिमा पेट्रोलकै मूल्यलाई उदहारण लिने हो भने, निगमले इण्डियन आयल कर्पोरेशनसँग जम्मा १२५.३९ रुपैयाँमा खरिद गर्ने गरेको पेट्रोलमा २५.२३ रुपैयाँ भन्सार वुझाउने गरेको छ ।

त्यस्तै सडक मर्मतमा ४ रुपैयाँ, पूर्वाधार करमा १० रुपैयाँ प्रदुषण कर १.५० रुपैयाँ, १३ प्रतिशत भ्याटमा २०.४८ रुपैयाँ र मूल्य स्थिरीकरण कोष शूल्कमा १.७८ रुपैयाँ गरेर नेपालको जम्मा सरकारी राजस्वमा कुल ६२.९८ रुपैयाँ बुझाउने गरेकोे छ ।

अर्थात आम उपभोक्ताले पेट्रोलिय खरिद गर्दा प्रति लिटर पदार्थको खर्चमात्रै तिरदैनन् सडक मर्मत देखि देशको पूर्वाधार विकासका लागि दैनिक रुपमै ठूलो मूल्य चुकाउँन् ।

त्यस्तै ढुवानी भाडामा ६.०९ रुपैयाँ, निगमको प्रसाशनिक खर्चमा ०.६० रुपैयाँ, बीमा खर्चमा ०.०८ रुपैयाँ, निगमको प्राविधिक नोक्सानीका लागि १.४५ रुपैयाँ र पेट्रोलियम बिक्रेताको कमिशनमा ६.११ रुपैयाँ गरेर विविध खर्चमा १४.३३ रुपैयाँ निगमले मूल्य समायोजना गर्दा राख्ने गरेको छ ।

अर्थात कुनै उपभोक्ताले १ लिटर पेट्रोल किन्यो भने उस्ले ढुवानी भाडा र बिक्रेतालाई कमिशन दिन मात्रै पनि १२.२ रुपैयाँ बुझाउने गरेको हुन्छ । यसरी समग्रमा कुल रकमलाई जोडेर हेर्दा १ लिटर पेट्रोलको खरिद मूल्य २०२.७० रुपैयाँ पुग्ने गरेको आयल निगमले बताएको छ ।

प्रति लिटर २०२.७० रुपैयाँमा खरिद गरेर उपभोक्ताको सहजिकरणका लागि आपूmहरुले २४.७० रुपैयाँको घाटा बेहोरेर १७८ रुपैयाँमा बेच्दा आयाल निगम घाटामा गएको नेपाल आयल निगमको तर्क छ । सर्वसाधारणलाई सहुलियत दिदैं गर्दा आपूmहरुले १५ दिनमा ३ अर्बभन्दा बढि घाटा बेर्होनु पर्ने निगमले बताएको छ ।

यसरी एक उपभोक्ताले खरिद गर्ने गरेको पेट्रोलियको मूल्य निर्धाण हुँदा भन्सार देखि बिक्रेता कमिशन सम्मले ठूलो भूमिका खेल्ने गरेको छ । अन्तराष्ट्रिय डलर रेट घटबढ् हुँदा वा सरकारी स्तरबाटै आर्थिक चाप व्यवस्थापन गर्न लिइने निर्णयका कारण समेत बेलाबेलामा पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुने गरेको छ ।