Tue Jun 28 2022
मुख्य खबर

फोहर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिन्छ : उपमेयर सुनिता डंगोल

काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौँको फोहर व्यवस्थापनको दीर्घकालीन समाधान खोजिने बताएकी छन्।

शनिबार काठमाडौँमा सञ्चारकर्मीसँग कुरा गर्दै डंगोलले तत्कालका लागि फोहर व्यवस्थापनका लागि सहमति भए पनि दीर्घकालीन समाधान खोजिने भन्दै विभिन्न योजनाहरू तयार भइरहेको बताइन्।

उनले फोहरको स्रोतमा नै बिकेन्द्रीकृत गरेर, त्यही नै व्यवस्थापन गर्नुपर्ने उल्लेख गरिन्। डंगोलले घरैबाट जैविक–अजैविक छुट्याइ दिन पनि पनि आग्रह गरिन्।

उनले फोहर व्यवस्थापनका गरेको प्रतिबद्धता पुरा गर्ने बताइन् ।