Tue Jun 28 2022
मुख्य खबर

लागू औषधसहित दुई जना पक्राउ

कञ्चनपुरको बेलडाँडी गाउँपालिका–३स्थित राधाकृष्ण माध्यमिक विद्यालय नजिकबाट प्रहरीले लागू औषध (खैरो हिरोइन) सहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा बेदकोट नगरपालिका–६ मुसेपानीका १८ वर्षीय विकास चौधरी र भीमदत्त नगरपालिका–२ महोलियाका २५ वर्षीय सुवास चौधरी पक्राउमा परेका हुन् ।

उनका अनुसार पक्राउ पर्नेहरुको साथबाट दुई ग्राम ६९० मिलिग्राम खैरो हिरोइन खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरिएको हो । पक्राउ उनिहरुले लागू औषध ओसारपसार गर्नका लागि प्रयोग गरेको लु८४प ८१०८ नंबरको मोटरसाइकलसमेत प्रहरीले बरामद गर्नाका साथै उनीहरुमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।