Sun Jun 26 2022
मुख्य खबर

ककनीमा प्रसारण लाइनमा चढेका मान्छे झर्न नमान्दा विद्युत् प्रवाह रोकियो

मानसिक सन्तुलन गुमाएका व्यक्ति विद्युत् हाइटेन्सन प्रसारण लाइनमा चढेपछि माथिल्लो त्रिशूली थ्री ए आयोजनाले विद्युत् प्रवाह रोकेको छ ।

ककनी गाउँपालिका–७ स्थित त्रिशूली माता तीर्थ प्रसारण लाइनमा बिहान १० बजेबाट मानसिक सन्तुलन गुमाएका बेलकोटगढी नगरपालिका १३ घलेगाउँका ४४ वर्षीय माइला बिक चढेका छन् । उनी प्रसारण लाइनमा चढेपछि प्राधिकरणले प्रसारण लाइनमा विद्युत् प्रवाह रोकेको छ ।
विहानैदेखि प्रसारण लाइनमा चढेका उनी झर्नै नमान्दा समस्या भएको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले जानकारी दिए ।