Wed Jun 29 2022
आर्थिक

साताको शेयर बजार : नेप्से ३०.५४ अंकले गिरावट

साताको अन्तिम कारोबारको दिन शुक्रवार ३० दशमलव ५४ अंकले घटेर २ हजार ४८ दशमलव १६ बिन्दुमा झरेको छ ।

शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ३० दशमलव ५४ अंकले गिरावट आएको छ ।

अघिल्लो साता १४५ दशमलव ०८ अंकले गिरावट आएको नेप्से परिसूचक यस साता ३० दशमलव ५४ अंकले घटेको हो । गत साताको अन्तिम कारोबार हुने दिन शुक्रवार २ हजार ७८ दशमलव ७० बिन्दुमा रहेको नेप्से यस साताको अन्तिम कारोबारको दिन शुक्रवार ३० दशमलव ५४ अंकले घटेर २ हजार ४८ दशमलव १६ बिन्दुमा झरेको छ ।

साताको पाँच दिन भएको शेयर कारोबारमा चार दिन नेप्से गिरावट हुँदा एक दिन भने वृद्धि भएको थियो । पछिल्लो समय शेयर बजार लोमो समयदेखि निरन्तर रुपमा गिरावट हुँदै आएको छ ।

बजारमा आएको निरन्तर गिरावटका कारण १० महिनाअघि ३२ अंक नजिक पुगेको नेप्से इन्डेक्स करिव १ हजार १५० दशमलव ६७ अंकले गिरावट आएर २ हजार ४८ दशमलव १६ अंकको बिन्दुमा झरेको छ ।

चालु आर्थिक वर्षको शुरुवातसँगै बैंकिङ प्रणालीमा आएको लगानी योग्य रकम तरलताको अभाव तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिले शेयर धितो कर्जामा लगाएको १२ करोडको नीतिका कारण शेयर बजार घट्दै गएको छ ।

सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएपछि समेत बजार सुधार हुन सकेको छैन । साताको पहिलो कारोबारको दिन सोमवार नेप्से सूचकमा १२ दशमलव ८९ अंकले गिरावट आएर २ हजार ६५ दशमलव ८२ बिन्दुमा झरेको थियो ।

सोमवार कारोबारमा आएका २२८ कम्पनीको ४४ लाख ९ हजार ६९१ कित्ता सेयर १ अर्ब २७ करोड ३३ लाख ८५ हजार २७६ रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, साताको दोस्रो कारोबार हुने दिन मंगलवार नेप्से परिसूचक ४५ दशमलव ५९ अंक घटेर २हजार २० दशमलव २३ बिन्दुमा झरेको थियो ।

मंगलवार कारोबारमा आएका २३४ कम्पनीको ३८ लाख ८७ हजार कित्ता शेयर १ अर्ब ३१ करोड २८ लाख ६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । तर बुधवार भने पछिल्लो एक हप्ता भन्दा बढी समयदेखि घट्दै आएको नेप्से परिसूचक ६० दशमलव २२ अंकले बढेर २ हजार ८० दशमलव ४४ बिन्दुमा पुगेको थियो ।

बुधवार कारोबारमा आएका २३१ कम्पनीको ५० लाख ५ हजार कित्ता शेयर १ अर्ब ६४ करोड ३ लाख ५६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको थियो । बुधवार नेप्सेसँगै कारोबार रकममा समेत सुधार भएको थियो ।

बिहीवारदेखि बजार बढ्ने आंकलन गरिए पनि एकदिन पनि टिक्न नपाई बिहीवार नेप्से परिसूचक १७ दशमलव ६४ अंकले घटेर २ हजार ६२ दशमलव ८० बिन्दुमा झ¥यो । बिहीवार कारोबारमा आएका २२९ कम्पनीको ४१ लाख ५६ हजार १०४ कित्ता शेयर १ अर्ब ४७ करोड २६ लाख ९० हजार ५५४ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

बुधवारको तुलनामा बिहीवार कारोबार रकममा गिरावट आएको थियो । साताको अन्तिम कारोबार दिन शुक्रवार नेप्से परिसूचक १४.६४ प्रतिशतले घटेर २०४८.१६ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४ दशमलव ११ अंक घटेको छ भने फ्लोट इण्डेक्स ० दशमलव ८४ अंक र सेन्सेटिभ इण्डेक्स १ दशमलव २२ अंकले घटेको छ ।

शुक्रवार कारोबारमा आएका २२९ कम्पनीका ३० लाख ४५ हजार ८३८ कित्ता शेयर किनबेच भएर ८९ करोड ४१ लख रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ । बिहीवारको तुलनामा शुक्रवार कारोबार रकम पनि गिरावट आएको छ । यसैबीच, नेप्से परिसूचकमा ३० अंक भन्दा बढीले गिरावट आउँदा सातामा नेप्सेको कुल बजार पुँजीकरण ४१ अर्बभन्दा बढीले घटेको छ ।

गत साताको अन्तिम कारोबार दिन २९ खर्ब ५९ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पुँजीकरण घटेर २९ खर्ब १७ अर्ब रुपैयाँमा सिमित भएको छ ।