जोडिनुहोस
  • होमपेज
  • युरोपमा ग्यासको मागमा २० प्रतिशत गिरावट

अन्तर्राष्ट्रिय

युरोपमा ग्यासको मागमा २० प्रतिशत गिरावट

  • Sagarmatha TV
  • बुधबार, फाल्गुन ९, २०८०
युरोपमा ग्यासको मागमा २० प्रतिशत गिरावट

युक्रेनमा रुसले आक्रमण गरेपछि युरोपले आफ्नो ग्यासको मागमा २० प्रतिशतले कटौती गरेको पाइएको छ । बुधबार प्रकाशित एक अध्ययनमा युरोपले आफ्नो ग्यासको मागमा २० प्रतिशतले कटौती गरेको र नवीकरणीय ऊर्जा तथा दक्षता वृद्धिका कारण तरलीकृत प्राकृतिक ग्यास एलएनजीको माग आगामी वर्ष उच्च हुने उल्लेख छ ।

सन् २०२२ फेब्रुअरीमा रुसले युक्रेनमा गरेको आक्रमणले युरोपेली मुलुकहरूले पाइपलाइनमार्फत वितरित रुसी प्राकृतिक ग्यासबाट ठूलो परिवर्तन ल्याए । यसमा उनीहरूले सीमति आपूर्तिका लागि अन्तर्राष्ट्रिय बजारहरूमा प्रतिस्पर्धा गर्दा एलएनजीको मूल्य बढ्यो ।

सीमित सङ्ख्यामा आयात टर्मिनलहरूका साथ युरोपेली मुलुकहरू उपभोगलाई नियन्त्रण गर्नका लागि उपायहरू लिन बाध्य भए तर उनीहरूले आवासीय हिटिङ वा बिजुली उत्पादनमा कटौती नगरी सन् २०२२–२०२३ को जाडोमा यसबाट पार पाए ।

रुसी आक्रमण सुरु भएदेखि नै मुख्य रूपमा जर्मनी, इटाली र बेलायत सहित युरोपेली ग्यासको मागमा २० प्रतिशतले कमी आएको इन्स्टिच्युट फर इनर्जी इकोनमिक्स एन्ड फाइनान्सियल एनालाइसिसले बताएको छ । यसले ऊर्जा दक्षता तथा माग व्यवस्थापन उपायहरू, मागमा उच्च मूल्यको प्रभावका साथै हल्का जाडोको तापक्रममा गिरावटलाई कम गरिदियो । “युरोपले ऊर्जा सङ्कटलाई सफलतापूर्वक पार गरेको छ र ग्यासको उपयोगमा अङ्कुश लगाउन स्वयंलाई तयार गरेको छ, यसको श्रेय दक्षता उपायहरू र नवीकरणीय ऊर्जा स्रोतहरूको प्रयोगलाई जान्छ”, आइइइएफएले भनेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका