Sun Jun 26 2022
अन्तर्राष्ट्रिय

एएफसी एसियन कप छनोट : कुवेतसँग नेपाल पराजित

काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ ।

शनिबार राति भएको खेलमा नेपाल आयोजक कुवेतसँग ४-१ गोल अन्तरले पराजित भएको हो ।

कुवेतको जाबिर अल अहमद स्टेडियममा घरेलु टोलीलाई जित दिलाउन युसेफ अलसुलिमानले दुई गोल गरे ।

यस्तै फाहद अल्रेशिदी र मोबारक अल्फानिनीले एक एक गोल गरे । नेपालका दर्शन गुरुङले एक गोल फर्काए ।

खेलको २८ औं मिनेटमा फाहदले हेड मार्फत गोल गर्दै कुवेतलाई सुरुआती अग्रता दिलाएका थिए।

४८ औं मिनेटमा युसेफ अलसुलिमानले गोल गर्दै कुवेतलाई २-० को अग्रता दिलाए ।

कुवेतविरुद्ध नेपाल १-० ले पछाडी 

खेलको ५७ औं मिनेटमा नेपालका नवयुग श्रेष्ठको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो ।

खेलको ७० औं मिनेटमा युसेफले व्यक्तिगत दोस्रो गोल गर्दै कुवेतलाई ३-० को अग्रता दिलाए ।

खेलको ७३ औं मिनेटमा अल्फानिनीले गोल गर्दा घरेलु टोली ४-० ले अघि रह्यो।

त्यसपछि खेलको इन्जुरी समयमा दर्शनले एक गोल गरेपनि नेपाल ४-१ ले पराजित हुन पुग्यो ।

नेपालले ४० वर्षपछि कुवेतविरुद्ध गोल गरेको हो । कुवेतविरुद्ध नेपाल १-० ले पछाडी

यस हारसँगै नेपालले २ खेलमा अंक जोड्न सकेको छैन ।

पहिलो खेलमा नेपाल जोर्डनसँग २-० ले पराजित भएको थियो । छनोटको समूह ‘ए’ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ ।

यस हारसँगै नेपालको एसिया कपमा छनोट हुने सम्भावना लगभग सकिएको छ ।

कुवेतको यो पहिलो जित हो । कुवेत २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

पहिलो खेलमा कुवेतलाई इन्डोनेसियाले हराएको थियो । छनोट अन्तर्गत नेपालले अन्तिम खेलमा इन्डोनेसियासँग ३१ जेठमा खेल्नेछ ।

May be an image of 2 people, people playing sports and text that says '20 R: HBR: HBR:'