Sun Jun 26 2022
मुख्य खबर

सनकले सिर्जना गरेको आठघण्टे तनाव

गायक नारायण गोपालको कालजयी गीत ‘एउटा मान्छेको मायाले…’ बोलको गीतले धेरैको जिन्दगीमा फरक पा-यो होला । तर शनिबार नुवाकोट बेलकोटगढी घलेगाँउका प्रेम विकको सनकले एकैदिनमा कैयौँलाई विचलित बनायो ।

विकको अस्वाभाविक कार्यले स्थानीय मात्र होइन, नेपाल विद्युत् प्राधिकरणका अधिकारी, नुवाकोटका प्रमुख जिल्ला अधिकारी, ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्रीदेखि सबै सुरक्षा निकायका अधिकारीलाई तनावमा पा-यो ।

स्थानीयका अनुसार विकको मानसिक स्वास्थ्य असन्तुलित छ । बिहान उनको घरझगडा भएको थियो । त्यसपछि शनिबार उनीबाट अनौठो हर्कत भयो । दिउँसो ११ बजेतिर उनि त्रिशूली गाउँपालिका–४ मा रहेको बिजुलीको टावरमा चढे। उनको आठ घण्टामा उद्धार भयो ।

यो समाचार गोरखापत्र दैनिकमा छ ।