Sat Jun 25 2022
अन्तर्राष्ट्रिय

बराबरीमा रोकिए बेल्जियम र वेल्स

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत बेल्जियम वेल्ससँग बराबरीमा रोकिएको छ ।

समूह चरण अन्तर्गत शनिबार राति बेल्जियम वेल्ससँग १-१ गोलको बरबरिया रोकिएको हो ।

सुरुआती अग्रता जोगाउन नसक्दा बेल्जियमले अंक बाड्नु परेको हो ।

Image

खेलको ५० औं मिनेटमा युरी टेलीमान्सले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए ।

तर, खेलको ८६ औं मिनेटमा ब्रेनान जोनसनले गोल गर्दै वेल्सलाई १-१ गोलको बराबरीमा ल्याए ।

यस बराबरीसँगै लिग ए समूह ४ को बेल्जियमले ३ खेलमा ४ अंक जोडेको छ ।

बेल्जियम अंक तालिकाको दोस्रो स्थानमा रहेको छ । वेल्स ३ खेल १ अंक जोडेर पुछारमा रहेको छ ।