Sun Jun 26 2022
अन्तर्राष्ट्रिय

डिपे पेनाल्टीमा चुक्दा नेदरल्यान्ड्स जितबाट बन्चित

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा नेदरल्यान्ड्सले पोल्याण्डसँग बराबरी खेल्दै अँ बाडेको छ ।

समूह चरण अन्तर्गत शनिबार राति नेदरल्यान्ड्सले पोल्याण्डसँग २-२ गोलको बराबरी खेलेको हो ।

खेलको १८ औं मिनेटमा म्याटि क्यासले गोल गर्दै पोल्याण्डलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ४९ औं मिनेटमा पिओट्र जिलिनिस्कीले गोल गर्दै पोल्याण्डलाई २-० को अग्रता दिलाए ।

खेलको ५१ औं मिनेटमा क्लासेनले गोल गर्दै नेदरल्यान्ड्सलाई २-१ को स्थितिमा ल्याए ।

लगत्तै ५४ औं मिनेटमा डेन्जेल डुमफ्राइसले गोल गर्दै नेदरल्यान्ड्सलाई २-२ गोलको बराबरीमा ल्याए ।

त्यसपछि खेलको इन्जुरी समयमा नेदल्यान्ड्सले पेनाल्टीको अवसर पायो ।

तर, मेम्फिस डिपेको पेनाल्टी प्रहार पोस्टमा लाग्दै बाहिरिएपछि नेदरल्यान्ड्स जित निकाल्नबाट बन्चित भयो ।

यस बराबरीसँगै लिग ए समूह ४ को नेदरल्यान्ड्सले ३ खेलमा ७ अंक जोडेको छ।नेदरल्यान्ड्स अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।

पोल्याण्ड ३ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।