Sat Jun 25 2022
अन्तर्राष्ट्रिय

शनाकाको विस्फोटक ब्याटिङमा अस्ट्रेलियामाथि श्रीलंकाको रोमाञ्चक जित

अस्ट्रेलियाविरुद्धको टी–२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा घरेलु टोली श्रीलंकाले जित हात पारेको छ । गएराति सम्पन्न खेलमा अस्ट्रेलियालाई चार विकेटले हराउँदै श्रीलंकाले जित हात पारेको हो । अस्ट्रेलियाले दिएको १७७ रनको लक्ष्य श्रीलंकाले एक बल बाँकी छँदा ६ विकेट गुमाउँदै भेट्टायो ।

उसका लागि कप्तान दासुन शनाकाले अविजित ५४ रनको योगदान दिए । २५ बलको सामना गरेका उनले पाँच चौका र चार छक्का प्रहार गरे । अन्तिम बलमा श्रीलंकालाई जितको लागि १९ रन आवश्यक थियो । ओभरमा शनाकाले दुई चौका र एक छक्काको मद्दतमा खेल जिताए ।

त्यस्तै, पथुम निसन्काले २७, चारिथ अस्लंकाले २६, भानुका राजापक्षले १७ र चमिका करुणारत्नेले अविजित १४ रन जोडे । अस्ट्रेलियाका लागि मार्कस स्टोनिस र जोस हेजलउडले दुईरदुई तथा झय रिचर्डसन र एस्टन अगरले एकरएक विकेट हात पारे ।

यसअघि क्यान्डीस्थित पल्लेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो । उसका लागि डेविड वार्नरले सर्वाधिक ३८ रनको योगदान दिए । मार्कस स्टोनिसले ३८, स्टिभ स्मिथले अविजित ३७ र कप्तान ओरोन फिन्चले २९ रन बनाए ।

श्रीलंकाका लागि महेश थिक्क्षणा दुई तथा वानिन्दु हसरंगा प्रवीन जयविक्रमले एकरएक विकेट हात पारे । यो जित श्रीलंकाका लागि सान्त्वना मात्र बन्यो किनकि अस्ट्रेलियाले एक खेलअगावै सिरिजमाथि कब्जा जमाइसकेकेको थियो ।

योसँगै सिरिज २–१ को अवस्थामा सकिएको छ । अघिल्लो दुई खेलमा अस्ट्रेलिया चरा तथा तीन विकेटले विजयी भएको थियो ।