Sun Jun 26 2022
अन्तर्राष्ट्रिय

इंग्ल्यान्ड र इटालीको बराबरी

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबल अन्तर्गत इंग्ल्यान्ड र इटालीले बराबरी खेल्दै अंक बाडेका छन् ।

समूह चरण अन्तर्गत शनिबार राति इंग्ल्यान्ड र इटालीले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् ।

प्रतिस्पर्धात्मक खेलमा दुबै टोलीले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् ।

यस बराबरीसँगै लिग ए समूह ३ को इंग्ल्यान्डले ३ खेलमा २ अंक जोडेको छ ।इंग्ल्यान्ड पुछारमा रहेको छ ।

इटाली ३ खेल ५ अंक जोडेर शीर्ष स्थानमा रहेको छ ।