Mon Jul 4 2022
मुख्य खबर

प्रधानमन्त्रीको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन प्रदीप ज्ञवालीको माग

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका बारेमा संसदमा जानकारी गराउन माग गर्नुभएको छ ।

आजको प्रतिनिधि सभा बैठकमा समय माग गरि बोल्दै सांसद ज्ञवालीले प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणको सम्बन्धमा सत्तारुढ गठबन्धनका दलले समेत प्रश्न उठाइरहेको उल्लेख गर्दै यस सम्बन्धमा संसदमा जानकारी गराउन माग गर्नुभएको हो ।

उहाँले प्रधानमन्त्री देउवाको अमेरिका भ्रमण प्रधानमन्त्रीको हैसियतमा हुन लागेको हो कि रक्षा मन्त्रीको हैसियतमा हुन लागेको हो भन्ने स्पष्ट पार्नुपर्ने बताउनुभयो ।