Tue Jun 28 2022
मुख्य खबर

जनशक्तिको अभावमा सर्लाहीको सर्पदंश उपचार केन्द्रका भेन्टिलेटर थन्किए

शंखर पहाडी, सर्लाही-  मध्य गर्मी बढेसँगै सर्लाहीको लालबन्दी नगरपालिका १ नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा सर्पदंशका बिरामीको चाप बढेको छ ।

केन्द्रमा वार्षिक करिब ८ सय बिरामीहरु आउने र त्यस मध्य ५ प्रतिशत बिरामीहरुका लागि आइसियु र भेन्टिलेटर आवश्यक पर्ने भएपनि सरोकारवाला निकायको वेवास्थाका कारण आइसियु र भेन्टिलेटर प्रयोग बिहीन भएको सर्पदंश उपचार केन्द्र,नवलपुर,सर्लाहीका स्वास्थ्यकर्मीले बताएका छन् ।

जेठ महिनामा मात्रै ४० जना सर्पदंशका बिरामी उपचारका लागि आइसकेका केन्द्रले जनाएको छ । गएको वैशाख महिनामा ६४ जना बिरामीको उपचार गरिएको थियो ।

केन्द्रमा बिरामीको चाप बढे पनि अत्यावश्यक रहेको आइसियु र भेन्टिलेटर भने लामो समयदेखि प्रयोगविहीन अवस्थामा रहेको साथै यी साधनहरु चलाउन जान्ने दक्ष जनशक्ति नहुँदा आइसियु र भेन्टिलेटर भने लामो समयदेखि प्रयोगविहीन भएको ,सर्पदंश उपचार केन्द्र,नवलपुर व्यावस्थापन समितिले जनाएको छ ।

आइसियु र भेन्टिलेटर सञ्चालनमा ल्याउनु आवश्यक रहेको र केन्द्रमा रहेको आइसियु र भेन्टिलेटर प्रयोगबिहीन राख्नुको कुनै अर्थ नराख्ने स्थानीय बिरामीहरु बताउछन् ।

मधेश प्रदेश सरकारको सहयोगमा प्रदेश आइसियु र भेन्टिलेटरको व्यावस्थापन गरिएको र दुईजना एमबिबिएस डाक्टर भए पनि उनीहरूमा आइसियु र भेन्टिलेर सञ्चालन गर्ने प्रक्रिया जानकारी नभएका कारण अहिले आइसियु र भेन्टिलेटर प्रयोग बिहीन भएको छ ।

केन्द्रमा रहेको आइसियु र भेन्टिलेटर सञ्चालन नहुँदा पर्साको विरगन्ज र महोतरीको बर्दिवास बिरामी पुर्याउनु पर्दा धेरैबिरामीहरुको अकालमै ज्यान जाने गरेको छ । केन्द्रमा रहेको आईसियु र भेन्टिलेटर प्रयोग तथा व्यवस्थापनमा स्थानीय सरकार तथा सरोकारवाला निकाय मौन रहेको सर्पदंशका बिरामीहरुको आरोप छ ।