Wed Jun 29 2022
मुख्य खबर

आमाबुवाले आफूलाई रिह्याब सेन्टरमा राखेर बन्धक बनाएको र्‍यापर जी-बबको आरोप

र्‍यापर जी-बब (सुदीप भण्डारी) र उनका आमाबुबाबिच तनाव बढेपछि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको छ ।

दुवैले एक अर्काविरुद्ध उजुरी दिएपछि प्रशासनले महानगरी प्रहरी परिसर काठमाडौँलाई छानबिन गर्न निर्देशन दिएको हो । यसको सुनुवाइ सोमबार हुँदैछ । यद्दपी जी-बब र उनका बुवाआमाले एक आपसमा आरोप प्रत्यारोप भने लगाई नै रहेका छन् ।

आमाबुवाले आफूलाई रिह्याब सेन्टरमा राखेर बन्धक बनाएको भन्दै उजुरी दिएपछि उनका आमाबुवाले पनि त्यसविरुद्ध प्रशासनमा जाहेरी दिएका हुन् ।

जी–बबले भने आफूलाई बुबा आमाले पहिल्यैदेखि नहेरेको र अहिले अनावश्यक हस्तक्षेप गरेको दाबी गरेका थिए । तर दुर्व्यसनमा परेपछि छोरोलाई सुधार्न आफूहरुले सुधार केन्द्रमा राखेको बुबाआमाको भनाइ थियो ।

बुवाआमाको उजुरीपछि आफ्नो मानहानि भएको र स्वतन्त्रता दिलाउनुपर्ने माग गर्दै जी-बबले पनि प्रशासनमा उजुरी दिनै पर्ने बाध्यताको विषयमा बोलेका छन् । उनले बाल्यकालमा आफूलाई परिवारको साथ नमिलेकै कारण एक्लै बस्ने बानी लागेको उल्लेख गरेका छन् ।