Sun Jun 26 2022
मुख्य खबर

माइला बिक भन्छन् – ‘करोडको कुरा होइन, खर्बले पनि मेरो ज्यान आउँदैन’

नुवाकोटको ककनी गाउँपालिकाको एक विद्युत् पोलमा चढेका ४४ वर्षका माइला बिकले विद्युत प्रशारण लाइनको तारमा ६ घण्टा झुन्डिँदा आफुलाई भगवानले बचाएको बताएका छन् ।
मानसिक अवस्था ठिक नभएको माइला शनिबार बिहान ११ बजेतिर बिजुलीको पोलमा चढेका थिए । माथिल्लो त्रिशूली थ्री ए र साना जलविद्युत् आयोजनाको प्रसारणलाइनमा उनी चढेपछि विद्युत् प्रवाह बन्द गरिएको थियो ।

सो क्रममा विक ६ घण्टा तारमा झुन्डिँदा एक करोड बराबर घाटा भएको विद्युत प्राधिकरणले जनाएको छ । यसको खण्डन गर्दै विक भन्छन् भन्छन्, ‘करोडको कुरा होइन । खर्बको कुरा आयो । खर्बले पनि मेरो ज्यान आउँदैन ।’

एक टेलिभिजनसँगको कुराकानीमा उनले आफु मर्न गएको यद्यपी भगवानले आफुलाई बचाएको बताए। उनले तारमा झुन्डिँदा आनन्द आएको बताए ।