Sat Jun 25 2022
अन्तर्राष्ट्रिय

दक्षिण अफ्रीकासँग भारत दोस्रो पटक पराजित

काठमाडौं । दोस्रो टी-ट्वान्टी क्रिकेटमा घरेलु टोली भारतलाई दक्षिण अफ्रीकाले हराएको छ ।

आइतबार राति भएको खेलमा पाहुना टोली दक्षिण अफ्रीकाले भारतलाई ४ विकेटले हराएको हो ।

यस जितसँगै दक्षिण अफ्रीकाले ५ खेलको सिरिजमा २-० को अग्रता बनाएको छ ।

भारतले दिएको १ सय ४९ रनको लक्ष्य दक्षिण अफ्रीकाले १८ ओभर २ बलमा ६ विकेट गुमाएर पूरा गर्यो ।

दक्षिण अफ्रीकाको जितमा हेन्रिच क्लासेनले ८१ रनको अर्धशतकीय इनिङ खेले ।यस्तै कप्तान टेम्बा बाभुमाले ३५ तथा डेभिड मिलरले अविजित २० रनको योगदान गरे ।

भारतका भुवनेश्वर कुमारले ४ तथा हर्सल पटेल र युजभेन्द्र चाहलले एक एक विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४८ रन जोडेको थियो ।

भारतका श्रेयस इयरले ४० तथा इशान किशनले ३४ रन बनाए । दिनेश कार्तिकले अविजित ३० रन जोडे ।

दक्षिण अफ्रीकाका एन्रिच नोर्कियाले २ विकेट लिए ।

Image