Sat Jun 25 2022
अन्तर्राष्ट्रिय

हालाण्ड चम्किदा स्विडेनमाथि नर्वेको जित

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा नर्वेले स्विडेनलाई हराएको छ ।

आइतबार राति भएको खेलमा नर्वेले स्विडेनलाई ३-२ गोल अन्तरले हराएको हो ।नर्वेको जितमा अर्लिङ हालाण्डले दुई गोल गरे ।

हालाण्डले खेलको दशौँ मिनेटमा गोल गर्दै नर्वेलाई सुरुआती अग्रता दिलाएका थिए ।

खेलको ५४ औं मिनेटमा हालाण्डले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता २-० को बनाए ।

खेलको ६२ औं मिनेटमा इमिल फोर्सवर्गले गोल गर्दै स्विडेनलाई २-१ को स्थितिमा ल्याए ।

खेलको ७७ औं मिनेटमा एलेक्सजेण्डर सोर्लोथले गोल गर्दै नर्वेलाई ३-१ को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा स्विडेनका भिक्टरले गोल गरेपनि नर्वे ३-२ ले विजयी भयो ।

यस जितसँगै नर्वेले ४ खेलमा १० अंक जोडेको छ । लिग बी समूह ४ को नर्वे शीर्ष स्थानमा रहेको छ ।

स्विडेन ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।