Sun Jun 26 2022
अन्तर्राष्ट्रिय

चेक रिपब्लिकमाथि स्पेनको सहज जित

काठमाडौं । यूईएफए नेसन्स लिग फुटबलमा स्पेनले सहज जित निकालेको छ ।आइतबार राति भएको खेलमा स्पेनले चेक रिपब्लिकलाई २-० गोल अन्तरले हराएको हो ।

स्पेनको जितमा कार्लोस सोलेर र पाब्लो सराबियाले एक एक गोल गरे । खेलको २४ औं मिनेटमा सोलेरले गोल गर्दै स्पेनलाई सुरुआती अग्रता दिलाएका थिए ।

त्यसपछि खेलको ७५ औं मिनेटमा सराबियाले गोल गर्दै स्पेनलाई २-० को जित दिलाए ।

Image

जितसँगै स्पेन लिग ए समूह २ को शीर्ष स्थानमा उक्लिएको छ । स्पेनले ४ खेलमा ८ अंक जोडेको छ ।

चेक रिपब्लिक ४ खेलमा ४ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।