Sun Jun 26 2022
देश

बारामा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु

बाराको महागढीमाई नगरपालिका–८ मा गएराती मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मोटरसाइकल थलही पुलबाट अनियन्त्रित भई अन्दाजी २५ फिट तल खसेको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका अन्दाजी ३० बर्षीय दुई जना पुरुषको उपचारको क्रममा कलैया अस्पतालमा राती सवा ११ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवैको सनाखत हुन बाँकी रहेको छ ।

बरियापुरबाट लैगडाचोक तर्फ जादै गरेको प्रदेश ०२–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराती साढे १० बजे थलही पुलबाट तल खसेको थियो ।