Sun Jun 26 2022
मुख्य खबर

किसानले मल कहिले पाउँछन् सरकारको जवाफ चाहियो : विशाल भट्टराई

नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले किसानले मल कहिले पाउँछन् भन्ने विषयमा सरकारको जवाफ माग गर्नुभएको छ ।

आज प्रतिनिधि सभा बैठकमा संसदको कार्यसूचीलाई स्थगन गरी किसानलाई मल उपलब्ध गराउने विषयको जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्दै प्रमुख सचेतक भट्टराईले किसानले मल कहिले पाउँछन् सो विषयमा सरकारले जवाफ दिनुपर्ने बताउनुभएको हो ।

उहाँले मलको अभावको विषयमा सरकारलाई पहिले नै जानकारी भएपनि यथोचित कदम चाल्न नसकेको बताउनुभयो ।

उहाँले किसानलाई मल दिन नसके सरकारले खाद्यान्न आयातलाई घटाउन नसक्ने बताउनुभयो । प्रमुख सचेतक भट्टराईले मल अभावको विषयमा बजार, संसद तथा सञ्चार माध्यमहरु बारम्बार बोलिरहेको भएपनि सरकार यसप्रति बेखबर रहेको टिप्पणी गर्नुभयो ।