जोडिनुहोस
  • होमपेज
  • नेदरल्यान्ड्सलाई हराउँदै नामिबिया तालिकाको शीर्ष स्थानमा उक्लियो

नेदरल्यान्ड्सलाई हराउँदै नामिबिया तालिकाको शीर्ष स्थानमा उक्लियो

आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नामिबियाले नेदरल्यान्ड्सलाई २४ रनले हराएको छ । नामिबियाले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स ४३ ओभर ५ बलमा १ सय ७९ रन बनाउँदा अल आउट भयो । नेदरल्यान्ड्सका नोह क्रोसले नट आउट ४६ रन बनाए । यस्तै म्याक्स ओडाउड ४१ रन बनाएर आउट भए । नामिबियाका कप्तान गेरहार्ड इरासमस र जान फ्रालिन्कले समान ३ विकेट लिए ।

यसअघि कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नामिबिया ४१ ओभर ३ बलमा २ सय ३ रन बनाउँदा अल आउट भयो । नामिबियाका जोन निकोल लोफ्टी एटनले ४९, मलन क्रुगेरले ३९, जान फ्रालिङ्कले ३४ रन बनाए । नेदरल्यान्ड्सका भिभान किङ्माले ३ तथा आर्यन दत्त र रोल्फ भान डेर मेर्वेले समान २ विकेट लिए ।

यो जितसँगै नामिबिया ४ खेलमा ६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान ३ खेल खेलेका नेपाल र नेदरल्यान्ड्स २ अङ्कसहित दोस्रो र तेस्रो स्थानमा छन् । यो शृङ्खलाको अन्तिम खेलमा पर्सि नेपाल र नेदरल्यान्ड्सबीच खेल हुनेछ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका