Sun Jun 26 2022
मुख्य खबर

‘प्रधानमन्त्री देउवाको भूमिका सन्तोषजनक’ : डा.शशांक कोइराला

नेपाली काँग्रेसका नेता एवम् पूर्वमहामन्त्री डा.शशांक कोइरालाले पार्टी सभापति समेत रहनु भएका प्रधानमन्त्री शेरबहादुर देउवाको भूमिका सन्तोषजनक रहेको टिप्पणी गर्नु भएको छ ।

नेता कोइरालाले प्रधानमन्त्री देउवाले पार्टी र सरकारको नेतृत्वको रुपमा लिएको निर्णयमा आफूहरुको कुनै विरोध नभएको पनि स्पष्ट पार्नुभयो ।

उहाँले पार्टीभित्र सबैसँग सल्लाह गरेर नै देउवाले निर्णय लिने भएकाले यसमा असहमती राख्नुपर्ने कुनै कारण नरहेको प्रतिक्रिया समेत दिनुभयो ।

पार्टीका पदाधिकारीहरुलाई पनि देउवाले पद अनुसारको भूमिका दिएको महामन्त्री कोइरालाको भनाई छ ।

नेता कोइरालाले राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति सुद्धिकरण आयोग आफू मातहत राख्ने÷नराख्ने भन्ने कुरा प्रधानमन्त्रीको अधिकारको कुरा भएकाले त्यसमा विरोध गर्नुको कुनै अर्थ नरहेको तर्क गर्नुभयो ।