Sat Jun 25 2022
मुख्य खबर

निर्वाचन आयोगले बुधबारदेखि मतदाता नामावली संकलन गर्ने

काठमाडौँ– निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने भएको छ ।

मंगलबार आयोगले गरेको पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यसबारे जानकारी दिएका हुन् ।

उनले ७७ वटै जिल्ला निर्वाचन कार्यालय, सबै जिल्ला प्रशासन कार्यालय र ८३ वटा इलाका प्रशासन कार्यालय मार्फत नामावली संकलन र अध्यावधिक कार्य गरिने बताए । कुनै पेशा व्यवसायका कारण अर्को जिल्लामा रहेपनि सो जिल्लाबाट पनि मतदाता नामावलीमा नाम दर्ता गर्न सकिने बताए ।

विवाह वा अन्य कुनै कारणले अर्को जिल्लामा मतदाता नामावली सार्न चाहेमा सोही जिल्लामा निवेदन दिने र सो कार्यालयबाट प्राप्त पत्र नयाँ जिल्लाको निर्वाचन कार्यालयमा बुझाउनुपर्ने उल्लेख गरे ।